अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । आज साउन २९ गते (सोमबार) साँझ ५ बजे, काजीको किचेन बत्तीसपुतलीमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ आवेदकहरूको बीचमा १ करोड ४१ लाख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन दिइएको छ। कम्पनीको शेयरमा मागबाट बढी आवेदन आएकोको कारणले, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार, गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले शेयर वितरण गरिएको छ।
click here to watch result : https://www.nicasiacapital.com/.
after some times you can check result from : AllotmentResult (cdsc.com.np)
