🔥 IPO ALERT: Mount Everest Power IPO is now open! Analysis is live. | 📈 NEPSE Update: Check out the new directory of all 90 stock brokers. | 🔔 Welcome to Marketo Nepal — Your Premium Socio-Economic News Hub.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी | IPO Allotment Date and Time

Sharwan Chalise

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ, साउन ३१ गते, बाँडफाँडमा गरिनेछ। यसका अनुसार, निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडको द्वारा यस आईपीओको भाेलि साँझ ५:३० बजे हुनेछ।


कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि साउन २६ गतेसम्म आईपीओ बिक्री गरेकाे थियाे । कम्पनीले १०० रूपैयाँ फेस भ्यालुमा १५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।जसमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँड गरिएको थियाे  । कर्मचारीहरूका लागि भने ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमै बिक्री गरिएको हो ।साेबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासनमा ल्याएको हो । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७७ हजार ८७७ जना लगानीकर्ताले कुल १ करोड ७४ लाख ८६ हजार २ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १.८२  गुणा बढी आवेदन हाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ६० हजार जनाले १० कित्ता सेयर हात पार्नेछन् । बाँकीको भने हात खाली हुनेछ ।

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.