🔥 IPO ALERT: Mount Everest Power IPO is now open! Analysis is live. | 📈 NEPSE Update: Check out the new directory of all 90 stock brokers. | 🔔 Welcome to Marketo Nepal — Your Premium Socio-Economic News Hub.

IPO Result : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ अर्को साता बाँडफाँड हुने

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ अर्को साता बाँडफाँड हुने
Sharwan Chalise

 हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ आगामी हप्ता मंगलबार  बाँडफाँड हुने जानकारी दिएको हो ।




हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा १ लाख २१ हजार २८७ जनाले २०/२० कित्ता सेयर हात पार्नेछन् । सोहि मध्यका पाँच जनाले २१ कित्ता हात पार्नेछन् भने १२ लाख ३ हजार २३ जनाको हात खाली हुने देखिएको छ ।


हाथवे इन्भेष्टमेन्टले नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। नेपालका ख्याती प्राप्त युवा व्यवसायी, यद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समूहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरुमा आफ्नो लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ। कम्पनीले पूँजीबजारका अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वःपूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योजना पुर्याउँदै आएको छ।


कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।  



Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.